कोरोना भाइरसको संवेदनशिलतालाई ध्यान दिएर एसइइ परीक्षा चलाइने

कोहलपुर, चैत्र ५,

सरकारले भोलीदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइइ नरोक्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हिजो अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएकाले एसइइ नरोक्ने स्पष्ट पार्नुभएको हो । यसै महिनाको ६ देखि १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल चार लाख ८२ हजार दुई सय १९ परीक्षार्थी सहभागी हुनेछन् । त्यसका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।

। मन्त्रालयले शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन पनि अपिल गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम तथा सन्त्रास बढिरहेको हुँदा चालू वर्षको परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *