सिन्धुपाल्चोकको जुगलका महिलालाई प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क

कोहलपुर, चैत्र ५,

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका महिलाले प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क पाउने भएका छन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकका अनुसार प्रसुती सेवालाई सुरक्षित र प्रभावकारी बनाउन आज देखि निःशुल्क एम्बुेन्स सेवा सुरु गरिएको हो । त्यसका लागि पालिकाले एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवा ७ वटै वडाभित्रका महिलाले प्रसुती अवधिभर लिन पाउनेछन् । जुगल गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् ।

प्रसुती गराउन पालिकाभित्रै स्वास्थ्य चौकी र अन्य ठाउँमा जानुपरे पनि एम्बुलेन्स सेवा लिन पाउने छन् । पालिकाको ४ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *