अछामको पूर्वी सीमाना बेलखेतमा ‘हेल्थ डेस्क’ स्थापना

कोहलपुर, चैत्र ५,

पुर्बी भुभाग दैलेख र अछामको बिच सीमाना बेलखेतमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ ।

जिल्ला प्रकोप व्यवस्थापन समिती अछाम, स्वास्थ्य कार्यालय अछाम, समुदाय प्रहरी साझेदारी कार्यक्रम अछामको समन्वयमा अछामको पूर्वी सीमाना बेलखेतमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी आज बेलखेतमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको पञ्चदेवल विनायक नगरपालिकाले जनाएको छ ।

अछामको पूर्वी क्षेत्रमा भित्रिने यात्रुको सामान्य चेकजाँच गर्नुका साथै स्वास्थ्य सम्बन्धी जानकारी दिने स्वास्थ्य शाखाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *