अछाममा ३० हजार भन्दा बढीले स्वास्थ्य बीमा गरे

कोहलपुर, चैत्र ५,

अछाममा ३० हजार ३ सय १ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

स्वास्थ्य बीमा गर्नेमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । फागुन मसान्त सम्मको तथ्यांक अनुसार बीमा गर्ने पुरुषको संख्या १३ हजार ५ सय रहेको छ भने महिलाको संख्या करिब १७ हजार रहेको छ । बीमतबाट गत आर्थिक बर्ष २०७५÷०७६ मा ३० लाख ४२ हजार रुपैंया संकलन भएको छ ।

चालु आर्थिक बर्षमा १० लाख ९ हजार गरि ४१ लाख ४० हजार रुपैया जम्मा भएको स्वास्थ्य बीमा बोर्ड अछामले बताएको छ । यसैबीच अछामको बयालपाटा अस्पतालबाट समेत स्वास्थ्य बीमा गर्न सकिने भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले बयालपाटा अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले स्वास्थ्य बीमामा आबद्ध हुने सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *