कोहलपुर बसपार्कमा हेल्थडेस्क राखियो

कोहलपुर, चैत्र ४,

बाँकेको कोहलपुर बसपार्कमा हेल्थडेस्क राखिएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमप्रति सतर्कता अपनाउँदै हेल्थ डेस्क राखिएको हो । हेल्थडेस्क राखिएको पहिलो दिन १ सय ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको तरुण दल कोहलपुर नगर सभापती हर सिंह कठायतले जानकारी दिएका छन् । कोहलपुर नगरपालिका अन्तरगतको नगर स्वास्थ्य शाखा तथा र जिल्ला स्वास्थ्य कार्यलयको सहकार्यमा बसपार्कमा हेल्थडेस्कको स्थपना गरिएको हो ।

हेल्थ डेस्कमा अहिले चार जना स्वास्थ्यकर्मी राखिएको छ । स्वास्थ्य परीक्षणको क्रममा कोही शंकास्पद देखिएमा तत्काल अस्पताल पठाउने गरी पूर्वतयारी गरिएको छ । कोरोना भाइरसको जोखिम र यसबाट जोगिन तथा कोराना नियन्त्रणको प्रयास स्वरुप हेल्थडेस्क राखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *