मनाङमा दुई बेड क्षमताको आइसोलेसन कक्ष

कोहलपुर, चैत्र ४,

हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामेस्थित मनाङ जिल्ला अस्पतालमा दुई बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि अस्पतालमा दुई बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको हो । कोठा तयार पारिए पनि आवश्यक स्वास्थ्य सामग्री नभएको अस्पतालले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मनाङको बसेको बैठकले मनाङ जिल्ला अस्पतालमा दुई बेड क्षमताको आइसोलेसन कक्ष तयार गर्ने निर्णय गरेसँगै आइसोलेसन कक्ष तयार पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *