कोरोना भाइरस रोकथामका निर्णय अघिसार्दै बुढीनन्दा नगरपालिका

कोहलपुर, चैत्र ४,

बाजुराको बुढीनन्दा नगरपालिकाले बैदेशीक रोजगारीबाट फर्केका ब्यक्तिहरुको लगत संकलन गर्ने र उनीहरूको निगरानी राख्ने निर्णय गरेको छ ।

हाल विश्वमा फैलिएको कोरोना भाईरसको नियन्त्रणका लागि नेपाल सरकार, गृह मन्त्रालय र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको निर्देशन बमोजिम कोरोना भाइरसको नियन्त्रणका लागि पूर्व तयारीस्वरुपमा यस नगरपालिकामा रहेको विमानस्थलमा हेल्थ डेस्कको स्थापना गर्ने, नगरपालिका भित्र काम गर्ने संघसंस्था संग समन्वय गर्ने निर्णय गरेको हो ।

कोभिड १९ अर्थात कोरोना भाइरसको पूर्व तयारीसम्बन्धी छलफल गर्न बुढीनन्दा नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक तथा नगरप्रमुख पदमकुमार गिरीको अध्यक्षतामा बसेको बैठकले प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल आइसोलेसन बेड स्थापना गर्ने, नगरपालिका भित्रका शंकास्पद ब्यक्तिलाई सम्वन्धित निकाय संगको समन्वयमा रिफरका लागि सरोकारवाला सबैसँग समन्वय गर्ने, नगरपालिकाको स्वास्थ्य शाखा मार्फत प्रत्यक वडामा रहेका स्वास्थ्य संस्थाहरु संगको समन्वयमा प्रतिवेदन माग गरी नगरपालिकामा पेश गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *