ओखलढुंगामा एशियाकै लामो झोलुङ्गे पुल बनाउन सम्भाव्यता अध्ययान

कोहलपुर, चैत्र ४,

ओखलढुंगामा एसियाकै लामो झोलुङ्गे पुल बनाउन सम्भाव्यता अध्ययान गरिएको छ ।

सिद्धिचरण नगरपालिकाको रुम्जाटार र चिशंखुगढी गाउँपालिकाको माम्खालाई जोड्ने करिब ६ सय मिटर भन्दा लामो झोलुङ्गे पुल बनाउन सम्भाव्यता अध्ययन गरिएको हो । प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पहलमा स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन ईन्जीनियर सहितको टोलिले स्थलगत रुपमा पुल निर्माणका लागि सम्भाव्यता अध्ययान गरेको हो ।

आफूहरुले हेरेर फर्किएको थप प्राविधिक टोलि पठाएर त्यसको लागत र प्रभाव सहितको डिपिआर तयार गरेर पुल निर्माण गरिने स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन ईन्जीनियर माधव भटराईले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सबैभन्दा लामो ५६७ मिटरको पुल बाग्लुङ जिल्लामा निर्माणाधीन अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *