कोरोना संक्रमण तथा महामारी रोकथामका लागि सरकारसँग माग

कोहलपुर, चैत्र ४,

प्रदेश ५ सरकार लगायत १५ सरकारी कार्यालयले कोरोनाको संक्रमण तथा महामारी रोकथामका लागि सरकारलाई माग गरेका छन् ।

प्रदेश ५ सरकार र १५ सरकारी संस्थाले जनचेतना जगाउनु पर्नेमा जोड दिएको छ । जिल्लामा निःशुल्क रुपमा औषधी, मास्क, सेनटाइजर र उपचारको व्यवस्था गराउन’ माग गर्दै उच्च अदालतमा रिट दायर गरेको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी, नेपालगन्ज–१३ का कृष्णमुरारीप्रसाद भट्ट र बर्दिया बढैयातालका प्रतापसिंह थारुले आइतबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गर्नु भएको हो ।

प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, उद्योग पर्यटन तथा वन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका साथै बाँके–बर्दियाका जिल्ला प्रशासन, विपत व्यवस्थापन समिति, स्वास्थ्य कार्यालय, स्थानीय तह, कारागार, विमान कार्यालयलाई विपक्षी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *