रुपडिया बजार नजान बाँकेका सर्वसाधरणलाई सरोकारवालाको आग्रह

कोहलपुर, चैत्र ४,

अत्यावश्कीय काम बाहेक भारतको रुपडिया बजार नजान बाँकेका सर्वसाधरणलाई सरोकारवालाले अनुरोध गरेका छन् ।

भारतको लखनउ लगायतका ठाउँमा कोरोना भाईरस देखा परेका कारण अत्यावश्किय काम बाहेक भारतको रुपडिया बजार नजान सरोकारवालाले आग्रह गरेका हुन् । उनीहरुले सर्वसाधारणलाई सतर्कता अपनाउन पनि सुझाव दिएका छन् ।

कोरोनाबाट बच्न तथा भाईरसलाई जिल्लामा भित्रिन नदिनको लागि सर्तकताका अपनाउन आग्रह गरेका हुन् । सर्वसाधरणलाई रुपडियामा किनमेल गर्न नजान पनि सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *