श्रीधर वश्याल नेपाल जेसीसको अध्यक्षमा निर्वाचित

११ पौष, २०७४
भैरहवा : नेपाल जेसीसको अध्यक्षमा श्रीधर वश्याल निर्वाचित भएका छन् ।

वश्यालले ६ सय ४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी महेश पौडेलको ६ सय ३९ मत पाएका थिए ।

वश्याल नवलपरासीको रामग्राम जेसीसका पूर्व अध्यक्ष तथा पौडेल इटहरी जेसीसका पूर्व अध्यक्ष हुन् ।

पुस ८ देखि १० सम्म भैरहवामा चलेको नेपाल जेसीसको ४४औं राष्ट्रिय महाधिवेशनले आगामी एक वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

चार उपाध्यक्षमा रश्मी शिल्पाकार, अशोक शंकर, पदमबहादुर सिंह र विकाश मानन्धरलाई चुनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *