दुर्घटना हुन नदिन चालकलाई प्रशिक्षण

कोहलपुर, चैत्र ४,

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापनका लागि प्रशिक्षण कार्यक्रम सुभारम्भ गरेको छ ।

जिल्लाको कोहलपुर क्षे लगायत अन्य ठाउँमा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि सडक लेन अनुशासन सम्बन्धि प्रशिक्षण अभियान सुरु गरेको हो । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सोमबारदेखी सवारी चालकहरुलाई सडक लेन सम्बन्धी जनचेतना मुलक कार्यक्रम सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले दुर्घटनाको जोखिम कम गर्न र हुनसक्ने सम्भावित दुर्घटना र असरबाट बच्न चालकले ध्यान दिनुपर्नेमा जोड दिए । प्रशिक्षणमा कुनै ठाउँबाट दायाँबायाँ मोडिंदा, घुमाउँदा ध्यान दिनुपर्ने कुराहरु बारे जानकारी गराईएको बलमे बताए । सवारी हतार गरेर चलाउने र जेब्रा क्रसिङमा गति कम नगर्ने सडकमा हुने दुर्घटनाको मुख्य कारण बनेको उनको भनाई छ । गाडीलाई आफ्नो नियन्त्रणमा राख्न, सहज र सुरक्षित यात्रा गर्न गतिमा नियन्त्रण राख्ँ बलमे चालकलाई आग्रह गरे । बमले पहिलो चरणमा चालक, सहचालक र पैदल यात्रुहरुलाई लेन सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने र दास्रो चरणमा सचेतनाका साथै सडक लेन सम्बन्धी नियम पालना नगरेको खण्डमा जरीवाना समेत गरिने जानकारी दिए ।

बुधबार ट्राफिक प्रहरीले नेपालगंज उपमहानगर पालिका वडा न. २० स्थित कोहलपुर नेपालगंज सडक खण्ड अन्र्तगत राझा चोकमा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ४१० जना सवारी चालक, परिचालक तथा सडक प्रयोगकर्ताहरुलाई सचेतना गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *