रचनावाचनको रोयल्टी प्रदान तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

कोहलपुर, चैत्र ४,

शनिबार काठमाण्डौको नयाँ बानेश्वरमा रहेको लेखन कुन्जको हल भरिभराउ थियो । हल भित्र देशैभरिका साहित्यिक स्रष्टाहरुको ठुलो संख्यामा उपस्थिती थियो । देशैकै ठुलो साहित्यिक संस्था रचनावाचनले रोयल्टी वितरणकार्यक्रमको आयोजना गरेको थियो । विभिन्न साहित्यकारहरु उपस्थित उक्त कार्यक्रममा गत बर्ष भरिमा कम्तीमा रू ५०० र (भन्दा बढि उठेका ३३ जना साहित्यकारहरूलाई आ–आफ्नो रोयल्टी हस्तान्तरण गरिएको हो ।

औपचारिक रूपमा स्रष्टालाई यसरी रोयल्टी हस्तान्तरण गरिएको यो तेस्रो अवसर हो । इन्टरनेट प्रविधिको माध्यमबाट नेपाली कविता, गजल, गीत आदिको वाचनको भिडीयो यूट्यूब तथा फेसबुकमा प्रकाशन गरेर विश्व भरका नेपाली साहित्य अनुरागीहरु सम्म पुर्याउँदै आएको रचनावाचन समूहले आफ्नो युट्यूब च्यानलबाट साहित्यिक रचनाहरु प्रसारित गरि बिज्ञापन मार्फत सङ्कलित रकम हस्तान्तरण गरेको हो । रोयल्टी १ चैत्र २०७६, शनिवार एक कार्यक्रमबिच सम्बन्धित सर्जकहरुलाइ प्रदान गरेको छ । फेसवुकबाट हालसम्म आम्दानी नभएको रचना वाचनले जनाएको छ ।

हरेक वर्ष नेपाली साहित्यको कुनै एक विधाको एउटा पुस्तक प्रकाशन गर्दै आएको रचनावाचनले यसपटक गजलकार अनन्त अनुरागको पहिलो गजल संग्रह ‘पर्दा’ को पनि विमोचन गरेको छ । कृतिमाथि गजलकार डा. घनश्याम परिश्रमीले समीक्षा गरेका छन् । उनले गजलकार अनुरागले गजलमा राम्रो तगज्जुल प्रयोग गरि विशेष छाप छोड्न सक्ने गजलकारका रूपमा स्थापित भएको बताए । कार्यक्रममा कवि डा. नवराज लम्सालले रचनाहरूको डिजीटल आर्का्इिभिङ गर्दै रचनाहरूको रोयल्टी समेत प्रदान गरेर रचनावाचनले निकै प्रसंशनीय काम गरेको र यसले स्रष्टाको दीर्घकालीन हीतमा ठूलो सहयोग गर्ने बताए ।

कार्यक्रमका अतिथि डा. देवी नेपालले स्रोतालाई पैसा तिरेर कविता सुनाउने युगबाट स्रष्टाले रचना सुनाएर पैसा पाउने युगको शुरूवात रचनावाचनले गरेको बताएका छन् । कार्यक्रमका प्रमूख अतिथि गजलकार ज्ञानुवाकर पौड्यालले रोयल्टीको रकम सानो भएता पनि यसको मूल्य ठुलो रहेको बताए । कार्यक्रममा बिभिन्न ब्यक्ति तथा संस्थालाई सम्झनाको चिनो प्रदान गरिएको थियो । रचनावाचनका नेपाल संयोजक जय गौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सरोज घिमीरेले गरेका थिए । यस अघि रचनावाचनले गजलकार कमल संघर्षको गजल संग्रह ‘सडक’ (पहिलो) तथा कवि मनोज भण्डारीको छन्द कविता संग्रह ‘इश्वरलाई चिठी’ (दोश्रो) प्रकाशन गरेको थियो । यी सबै कृतीहरू खुला आव्ह्वानबाट छनौट भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *