बाँकेमा पनि कोरोनाको जोखिम, सतर्कता अपनाउन आग्रह

कोहलपुर, चैत्र ४,

बाँके जिल्लामा कोरोना भाईरस भित्रिन नदिन तथा कोरोना नियन्त्रणका लागि उच्च सतर्कता अपनाईएको छ ।

कोरोना भाईरसको जोखिम बाँकेमा पनि बढेको छ । जोखिम बढेसँगै बाँके प्रशासनले उच्च सर्तकता अपनाएको छ । नेपालगञ्जसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसका संक्रमित फेला परेपछि जिल्लामा कोरो भाईरसको जोखिम बढेको हो ।

बाँकेमा कोरोना भाइरस देखा परेमा सबै स्थानीय तहहरु र प्रशासनले पुर्ब तयारी अबस्थामा रहेको जनाएका छन् । तर अस्पतालहरुमा भने विभिन्न समस्या रहेका छन् । भाईसरलाई न्युनिकरण गर्न बाँकेमा टास्कफोर्स समिति समेत गठन गरिएको छ । कोरोना भाईरस भित्रिन नदिन आवश्यक सावधानी अपनाउदै पुर्व तयारीका लागि प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स गठन गरिएको हो ।

सोमबार नेपालगञ्ज उप(महानगरपालिकाको आयोजनामा कोरोना भाईरस (कोभिड(१९) सम्बन्धी सरोकारवाला बीच भएको समन्वयात्मक बैठक बसि टास्कफोर्स गठन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष ब्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति, प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा ब्यवस्थापन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरेको बताईएको छ ।

कोरोना भाईरस रोकथामको पुर्व तयारी तथा ब्यवस्थापनका लागि जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख, ६ वटा गाउँपालिकाले १० लाखका दरले ६० लाख र नेपालगञ्ज उद्योग वाणिज्य संघले २० लाख रुपौयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *