धनकुटामा कलात्मक शैलीबाट बनेका घर हराउँदै

कोहलपुर, चैत्र ३,

धनकुटाको एउटा परिचय कलात्मक शैलीबाट निर्माण भएका झिंगटीका पुराना घर पनि हुन् ।

आकर्षक र कलात्मक तरिकाले बनाईएका यस्ता घर हिजोआज भने कमै देख्न पाइन्छ । कलात्मक घर हराएसँगै ति घरमा लुकेका कलाकृती समेत हराउँदै जान थालेका छन् । यस्ता कलात्मक शैलीका पुराना घर संरक्षणमा स्थानीय तथा प्रदेश सरकारले विषेश योजना ल्याउनुपर्ने स्थानीयले माग गरेका छन् ।

पुरानो शैलीको छानो परिवर्तनसँगै पिता पुखार्ले निर्माण गरेको कलाकृति गुम्दै गएकोमा स्थानीय चिन्तित पनि छन् । पछिल्लो समय धनकुटाबाट झिंगटी घरको प्रचलन हराउँदै गएको छ । झिंगटी घरसँगै घरका झ्याल, ढोका, बार्दली लगायतको स्थानमा प्रयोग हुने मल्लकालिन काठका विभिन्न कलाकृति समेत लोप हुन थालेका छन् । धनकुटामा करिब ४ सय बर्ष अघिबाट बस्ती बस्न थालेको पाइन्छ । झिँगटी घरको इतिहास धनकुटाको इतिहाससँगै जोडिएको छ ।

धनकुटामा त्यो बेलाका सौखिन ब्याक्तिले काठमाडांै वाट कालीगढ झिकाइ कलात्मक मल्लकालिन शैलिका झिगटि घर निर्माण गर्ने गरेको बुढापाका बताउछन् । धनकुटामा खासगरी भक्तपुर, र ललितपुर क्षेत्रका कालाकृतिले भरीपूर्ण भएका झिंगटी घर देख्न पाइन्थ्यो । माटो, झिंगटी तथा काठपात प्रयोग गरी निर्माण गरिने यस्तो पुरानो शैलीको घर धनकुटामा फाट्, फुट्ट मात्रै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *