माछा पालनमा पाँचखाल नगरपालिकाको जोड

कोहलपुर, चैत्र ३,

ताजा तरकारी उत्पादनमा आत्मनिर्भर रहेको पाँचखाल नगरपालिकाले माछा पालनमा जोड दिएको छ ।

कुखुरा, बाख्रा र भैँसी पालनमा पनि आत्मनिर्भर रहेको नगरपालिकाले माछा पालनलाई विशेष महत्व दिएको कृषि शाखाले जनाएको छ ।

कृषि शाखाले माछा पालनलाई ब्यवसायीक रुपमा अघि बढाउने भन्दै हिजोबाट तालिम समेत सुरु गरेको छ । पशुपंक्षी तथा मत्स्य पालन नाम दिइएको तालिममा नगरभित्रका ३० जना किसान सहभागी छन् । तालिम ४ गतेसम्म चल्नेछ । पाँचखाल बोइलर कुखुरा पकेट क्षेत्र समेत हो ।

नगरभित्रका करिब १ हजार जनाले बोइलर कुखुरा पाल्ने गरेका बताइएको छ । पालिकाभित्र माछा पालन गर्ने किसानको संख्या निकै कम रहेको भन्दै ब्यवसायी माछा पाल्ने किसानको संख्या बढाउन तालिम सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *