सोमबार मौसम पहाडी भूभागमा आंशिक बदली रहने

कोहलपुर, चैत्र ३,

जल तथा मौसम विभाग विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार राति देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोली दिउँसो देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसमसफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *