कोहलपुरमा वार्षिक परिक्षाको प्रश्नपत्रमा त्रुटी, छानविन समिति गठन

कोहलपुर, चैत्र ३,

बाँकेको कोहलपुरमा वार्षिक परिक्षाको प्रश्नपत्रमा त्रुटी भएपछि छानविन समिति गठन गरिएको छ ।

वार्षिक परीक्षाको विज्ञान विषयको प्रश्नपत्रमा त्रुटी भेटिएको थियो । कोहलपुर नगरपालिकाको आधारभूत तह कक्षा ८ को विज्ञान विषयको प्रश्न त्रुटी भेटिएको हो । जसका लागि आईतबार सर्वपक्षिय बैठक बसि छानविपन समिति गठन गरिएको हो ।

त्रिभुवन माध्यामिक विद्यालयका अंग्रेजी शिक्षक ऋर्षी शर्माको अध्यक्षतामा छानविन समिति गठन गरिएको छ । भने नमूना विद्या सदनका संस्थापक शिव डाँगी र जनता मावि मैटहवाका शिक्षक बद्रि ढकाल समितिमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *