बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

कोहलपुर, चैत्र २,

बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नं. २ टाँडीखर्कका चन्द्रसिंह मडैका १२ वर्षका छोरी निर्मला मडैको चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कर्यालय बैतडीका प्रहरीले जनाएको छ । शनिबार दिउँसो ४ बजेतिर गाईगोरु चराएर घर फर्कदै गर्दा चट्याङ लागेर चन्दको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *