छायाँनाथ नगरपालिका र प्रमुखविरुद्धको अन्तरिम आदेश खारेज

कोहलपुर, चैत्र २,

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालिकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजलास जुम्लामा दर्ता गराएको मुद्दाको अन्तरिम आदेश खारेज भएको छ ।

गत फाल्गुन १८ गते उच्च अदालत सुर्खेत इजलास जुम्लामा अधिकार नगरपालिकाले खोसेको भन्दै उपप्रमुख रोकायाले नगर प्रमुख र नगरपालिकालाई विपक्षी बनाई मुद्दा दर्ता गराउनुभएको थियो । उच्च अदालतले बुधबार विपक्ष नगरप्रमुख हरिजंग शाही र नगरपालिकालाई प्रमाणसहित उपस्थित हुन र दुवै पक्षलाई छलफलका लागी बोलाएको थियो ।

बुधबार विपक्षी उपप्रमुख सुन्तला रोकायाका पक्षमा अधिवक्ता मोहन विक्रम अर्याल र मीनबहादुर महत तथा प्रमुख हरिजंग शाही र नगरपालिकाका तर्फबाट अधिवक्ता कुवेरजंग शाहीले बहस गरेका थिए । दुवै पक्षका अधिवक्ताहरूको बहस र प्रमाणहरू हेरिसकेपछि बुधबारै वरिष्ठ न्यायाधीश रत्नबहादुर बाग्चन र न्यायाधीश राकेश कुमार निधिको एकल इजलासबाट उच्च अदालत सुर्खेत इजलास जुम्लाले गत १८ गते जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन भन्दै उक्त आदेश खारेज गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *