बाँकेमा आठ किलो अवैध चाँदीसहित एक जना पक्राउ

कोहलपुर, चैत्र २,

बाँकेमा आठ किलो अवैध चाँदीसहित एक जनालाई पक्राउ गरिएको छ ।

भारतको नानापाराबाट ल्याइएको आठ किलो अवैध चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । प्रहरीको एक टोलीले नेपालगन्जको गोसाइगाउँबाट अलिमलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अलिम सल्मानी रहेका छन् ।

सल्मानीले युपी ३२ जेपी ३८८८ नम्बरको मोटरसाइकलको टयांकीमा उक्त चाँदी ल्याएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *