कोरोना जोखिम न्यूनिकरणका लागि बाँकेमा क्वारेण्टाइन राखिने

कोहलपुर, चैत्र २,

कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि बाँके जिल्लामा क्वारेण्टाइन राखिने भएको छ ।

बाँकेसँगै प्रदेश नम्बर ५ का अन्य दुई जिल्लामा पनि क्वारेण्टाइन राखिने तयारी भएको छ । बुटवलको बुटवल धागो कारखाना, दाङको बेलझुण्डीमा रहेको आर्यूवेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास निगमको भवनलाई क्वारेण्टाइनको रुपमा तयार गरिने भएको हो ।

प्रदेश ५ का सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ । सम्बन्धित अस्पतालमा कोरोना भाइरसको उपचार गर्न र त्यस सम्बन्धी प्रवन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन् । क्वारेन्टाइनमा ४ सयदेखि ५ सय जनालाई राख्न सकिने छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ती स्थानमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि क्वारेण्टाइन क्षेत्र बनाउन थालिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *