कोहलपुरमा मेघगर्जन सहित असिना पानी

कोहलपुर, चैत्र २,

शनिबार राती बाँकेको कोहलपुरमा मेघगर्जन सहित असिना पानी परेको छ ।

बेलुका सवा ७ बजेदेखी मेघ गर्जन सहित असिना पानी परेको हो । शनिबार रातभरिनै असिना पानी परेको थियो । आईतबार पनि पश्चिम पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभाव कम हुँदै गएकाले मौसम खुल्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बेलुकीदेखि देशभरको मौसम सफा हुने र अबको दुई दिन बादल लाग्ने प्रणाली नदेखिएको मौसमविद्को भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *