उखु खेती विस्तार गर्दै कृषि ज्ञान केन्द्र बाजुरा

नन्दा थापा, बाजुरा,
कोहलपुर, चैत्र १,

यहि आर्थिक वर्षदेखी स्याउको बजारीकरण सुरु गरेको कृषि ज्ञान केन्द्र बाजुराको अभियान कागती रोप्ने अभियानसम्म पुगेको छ ।

अर्गानिक स्याउ, आलु र सिमीको बजारीकरणको अभियान सफल पारिसकेपछि ज्ञान केन्द्र अहिले साँफे मार्तडी सडकखण्डमा उखु खेती विस्तारको तयारीमा लागेको छ । बडीमालिका नगरपालिका ९ का सुना चदारा पेशाले कृषक हुन् । उनीसँग धेरै जमिन छैन । जति थियो, त्यो पनि सडक निर्माणका कारण घट्यो । बाँकी भएको जमिन उपयोग गर्न कृषि ज्ञान केन्द्रले निःशुल्क उखु वितरण तथा रोप्ने कार्यक्रम ल्याएपछि उनलाई खुशी लागेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराले चदराको परिवारलाई २० बोट उखुको बिरुवा निःशुल्क दिएको छ । यसलाई राम्रोसँग खेती गर्न सके आम्दानीको बाटो हुने चदराको विश्वास छ । कृषि ज्ञान केन्द्रले खेर गएको जमिन सदुपयोग गर्नेगरि उखु खेती बिस्तारको योजना बनाएपछि बडीमालिका नगरपालिकाकै गोपाल विक पनि खुशी छन् ।

कृषि ज्ञान केन्द्र बाजुराले उहाँजस्ता युवाहरुलाई मजदुरी मात्र नगरी आफ्नै जमिनलाई सदुपयोग गरी आयआर्जनको बाटो पहिल्याउन उखुको बिरुवा बितरण गरेको हो । उखु वितरण तथा रोप्ने कार्यक्रम प्रदेशस्तरीय कार्यक्रम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *