सुत्केरी र शिशुका लागि नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी

कोहलपुर, चैत्र १,

सर्लाहीको हरिपुर नगरपालिकाले सुत्केरी महिला र उनले जन्माएका शिशुको पोषणका लागि ल्याएको आमा सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ ।

यो कार्यक्रम सुरु भएपछि बालबालिकामा पोषणको समस्यया कम हुँदै गएको छ । सरकारले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माउने आमालाई जति रकम दिएको छ, त्यसमा हरिपुर नगरपालिकाको तर्फबाट पाँच हजार रुपैँया थप गरेर दिने गरिएको छ ।

साथमा नगरपालिकाले १० किलो गेडागुडीसमेत उपलब्ध गराउँदै आएको छ । घरमै जोखिम मोलेर प्रसुति गराउँदा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै हरिपुर नगरपालिकाले पोषण अभियान चलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *