मनाङको धारापानीमा हेल्थ डेस्क स्थापना

कोहलपुर, चैत्र १,

हिमाली जिल्ला मनाङमा कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ ।

कोरोनाबाट जोगिन जिल्लास्थित नासो गाउँपालिका १ धारापानीमा हेल्थ डेस्क स्थापना गरी बिहीबारदेखि पर्यटकको स्वास्थ्य जाँच गर्न थालिएको हो । मनाङ नासों गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पातल मनाङ र एक्याप धारापानी चेकपोष्टको संयुक्त पहलमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

अन्नपूर्ण पदमार्गको पर्यटकको प्रमुख गन्तव्य मनाङमा दैनिक ५ सय बढी पर्यटक आउने भएकाले पर्यटकलाई समेत परीक्षण गरेर जिल्लामा प्रवेश गराउने उद्देश्यकासाथ हेल्थ हेस्क स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *