मिस नेपाल २०२० को नेपालगन्ज अडिसन सम्पन्न

कोहलपुर, चैत्र १,

मिस नेपाल २०२० को लागि नेपालगन्ज अडिसन शुक्रबार नेपालगन्जमा गरिएको छ ।

नेपालगन्ज अडिसन राउन्डमा ९ जना युवतीहरुले भाग लिएका थिए । मिस नेपालको अडिसनका लागि बिहीबार ओरेन्टेसन क्लास भएको थियो । जसमा ४२ युवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको विधि, मापदण्ड र नर्म्स अनुसार शुक्रवारको अडिसनमा नौ युवतीहरु सामेल भएका थिए ।

मोफसलमा मिस नेपालको अडिसनमा सहभागिता जनाएका र मापदण्ड पुगेकालाई अन्तिम छनौटका लागि काठमाडौं बोलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *