वास प्लानको लागी दिइएको दुई दिने मोबाइल एप्लिकेसन तालिम समापन

सरला सुबेदी
कोहलपुर, चैत्र १,

कोहलपुर नगरपालिकाले वास प्लान बनाउनको लागी सन्चालन गरेको दुई दिने मोबाइल एप्लिकेसन तालिम आज शुक्रवार समापन भएको छ ।

प्रदेश सरकारको एक घर एक धाराको नितिलाई पुरा गर्न प्रदेशै भरिका सबै स्थानिय तहहरुमा मोबाइल एप्लिकेसन बाट तथाङ्क संकलन गरि वास प्लान तयार गर्न लागिएको हो । कोहलपुर नगरपालिकाले वास प्लान लाई आफ्नो पालिकाको योजना को सबै भन्दा महत्वपुर्ण योजना ठानेर योजनाको लागी बजेट छुट्याएर तथाङ्क संकलनको लागी तालिमको आयोजना गरेको हो ।

तालिम राम्रो सङ्ग लिएर कोहलपुर नगरपालिकाले बनाउन लागेको वास योजना निर्माणमा सहि तथ्यांक संकलन गरेर पालिकालाई सहयोग गर्न कोहलपुर नगरपालिका सामाजिक बिकास समिती संयोजक नारायणी वलिले सबै तथ्यांक संकलनकर्तालाई आग्रह समेत गरेकी छिन । कोहलपुर नगरपालिकाले बनाउन लागेको वास प्लान निर्माणका लागी लुमन्ती आवासका लागी सहयोग सस्थाको पुर्ण रुपमा साथ सहयोग रहने लुमन्तिका कार्यक्रम संयोजक सुर्य कुमार खड्काले बताए ।

दुइ दिने एप्लिकेसन तालिमको सहजिकरण कोहलपुर नगरपालिकाका वातावरण शाखा प्रमुख पुरुषोत्तम पोख्रेल,कोहलपुर नगरपालिकाका आइटी रोशन चापागाई ,भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत वास संयोजक सरला सुबेदी र लुमन्तिका लालबहादुर बुढाथोकीले सहजीकरण गरेका थिए भने तालिमको समापन कोहलपुर नगरपालिका विपद व्यवस्थापन समितीका संयोजक दयाराम बिक ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *