बैवाहिक बन्धनमा बाधिईन् नायिका शर्मा

कोहलपुर, फागुन २९,

नायिका आंचल शर्मा बैवाहिक बन्धनमा बन्धनमा बाँधिएकी छिन् ।

प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात आँचलले प्रेमी उदिप श्रेष्ठसंग लगन गाँठो कसेकी हुन् । बिहीबार पारिवारिक माहोल बीच आंचलको विवाह सम्पन्न भएको छ । बुढानिलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको हो ।

आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् । केही वर्ष देखिको चिनजान पश्चात प्रेममा परेका यो जोडी आज विवाह बन्धनमा बाँधिएका हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् । गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए । विवाहभन्दा अगाडि आँचल र उदिपले संगीत र मेहेन्दीको कार्यक्रम समेत राखेका थिए ।

चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा भित्रिएकी आँचल शर्माले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *