तयारी कक्षाका लागी उद्घाटन तथा प्रवोधिकरण कार्यक्रम

सरला सुबेदी
कोहलपुर, फागुन ३०,

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र एक्सिस एकेडेमीक हब प्रालिको प्राविधिक सहयोगमा सन्चालन हुन लागेको शिक्षक सेवा र लोकसेवा तयारी कक्षाको उद्घाटन बिहिवार भएको छ ।

प्रा.लि.का प्रवन्धक निर्देशक शंकर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले व्यानर पढेर उद्घाटन गरेका थिए । लोकसेवा, शिक्षक सेवाको तयारी गरेर नाम निकालेर जागिर खाने चाहाना हुदाहुदै पनि आर्थिक अभावका कारण तयारी गर्न नसक्नेहरुको लागी भनेर नै नगरपालिकाले निशुल्क तयारी कक्षा सन्चालनमा ल्याएको नगर प्रमुख रावतले बताए । उनले हाम्रो पालिका भित्रका सबै छोराछोरी सुब्बा खरिदार अधिकृत शिक्षक भएको हेर्ने चाहाना भएको हुनाले सबैले मेहनत गर्दै लगनशिल भएर तयारी गर्नु पर्ने र नगरपालिकाले आफु माथी गरेको लगानी खेर जान नदिनुपर्ने बताए ।

यसै गरि प्रालिका प्रबन्धक शंकर चन्दले नगरपालिकाको लगानी र एक्सिस हब प्रालिले गरेको मेहनत लाई सफल गराउन आफुले अनि सहभागि विद्यार्थीहरुले कठोर मेहनत गर्नुपर्ने बताए ।उनले प्रालिको तर्फबाट तयारी कक्षा सन्चालनमा कुनै कमजोरी नरहने जिकिर गरे । तयारी कक्षाको लागी शिक्षक सेवा र लोकसेवा गरि ९० जनाको सिट रहेको र कक्षा सन्चालन आइतवार देखी हुने जानकारी समेत गराए । उद्घाटन कार्यक्रममा त्रिभुवन उच्छ माबिका शिक्षक ऋषि शर्मा, बागेश्वरी एकेडेमीका गणेश खड्का र कोहलपुर नगरपालिकाका दिपक उपाध्याय लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *