ओली र दाहालबीच भेटवार्ता, सरकार गठन र पार्टी एकताका बारे छलफल हुँदै

११ पौष, २०७४
काठमाडौं : पार्टी एकीकरणका विषयमा विभिन्न आशंका उब्जिएको बेला नेकपा एमाले र माओवादी केन्द्रबीच आज छलफल हुँदैछ ।

चुनावपछि शीर्ष नेता सम्मलित पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेका सन्दर्भमा अब फेरि पहल थाल्न लागिएको हो ।

आज दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट काठमाडौ आएलगत्तै एमाले अध्यक्ष केपी ओलीसँग छलफल हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने जनाइएको छ ।

दुई शीर्ष नेताहरुबीच भेटवार्ता हुने निश्चित भएपनि समय र स्थान निश्चित भएको छैन ।

भेटवार्तामा पार्टी एकीकरणको गृहकार्य, राष्ट्रिय सभा गठनको विवाद, नयाँ सरकार गठनका विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *