कोहलपुर नगरपालिकामा दुई दिने मोबाईल एप्लिकेसन तालिम सुरु

सरला सुवेदी ,कोहलपुर
कोहलपुर, फागुन ३०

खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि कोहलपुर नगरपालिकामामोबाईल एप्लिकेशन मार्फत तथ्याङ्क संकलन तथा सम्पादन सम्बन्धी दुई दिने तालिम बिहीबार सुरु भएको छ ।

कोहलपुर नगरपालिका बिपद व्यस्थापन संयोजक दयाराम बिकको अध्यक्षता मा सुरु भएको हो । प्रदेश सरकारको एक घर एक धाराको पहुच र सम्पुर्ण घरधुरीको खानेपानी, र शौचालय को अवस्था स्थानिय तह स्तरमा घरधुरिको सर्वेक्षण गरि विद्यमान खानेपानी सरसफाई र स्वच्छताको विवरण पहिचान गरि एकीकृत वास योजनाको लागि तालिम सन्चालन गरिएको भन्दै वास योजना तर्जुमा तथा तथ्यांङ्क विश्लेषण बारे कोहलपुर नगरपालिकाका वातावरण शाखा प्रमुख पुरुषोत्तम पोख्रेल ले वास योजना निर्माण को उदेश्य र लक्ष्य बारे प्रष्ट पारेका थिए ।

उद्घाटन सत्रका अतिथी कोहलपुर नगरपालिका सामाजिक बिकास शाखा प्रमुख हरि बहादुर वलीले सरकारले लिएको उदेश्य पूरा गर्न सम्पुर्ण नागरिकलाई घरघरमा स्वच्छ पानी पुर्याउन गरिएको अभियान सु सम्पन्न गर्न सबै घरधुरिलाई समेटेर खानेपानी सरसफाई र स्वच्छता निर्माण अभियानमा तथ्यांक संकलन राम्रो सङ्ग गरेर पालिकाले बनाउन लागेको वास प्लानलाई पुर्ण रुममा सहयोग गर्न सबै संकलनकर्तालाई अनुरोध गरेका छन् ।

कार्यक्रमका अतिथी लुमन्ती आवासका लागी सहयोगका कार्यक्रम संयोजक सुर्य कुमार खड्काले वास योजना किन के का लागी भन्दै वास कार्य्बिधी माथी छलफल गरेका थिए । तालिमको प्राबिधिक सहजिकरण कोहलपुर नगरपालिकाका आइटी रोशन चापागाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *