मध्यपहाडी लोकमार्ग १५ दिन बन्द हुँदै

कोहलपुर, फागुन २९,

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा बम विस्फोट गरि ट्रयाक खोलिने भएको छ ।

कुश्मा नगरपालिका– ८ फलामखानीमा रहेको बाघदुले भीरमा विस्फोट गरि ट्रयाक खोल्नुपर्ने भएकाले १५ दिनसम्म आवातजावत बन्द हुने भएको छ । २४ किलोमिटर खण्ड मध्ये बाघदुले भीर र बेतनीको भीरमा ट्रयाक खोल्न बाँकी छ । चैत १ गतेदेखि १५ गतेसम्म दिउँसो १२ ः ३० देखि ३ ः ३० बजेसम्म लोकमार्गमा सवारीसाधान आवातजावत रोकेर काम गरिने छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा हिजो बसेको बैठकले सडक बन्द गर्ने र बम विस्फोट सम्बन्धि विभिन्न प्रक्रिया पूरा गर्न आयोजना कार्यालयलाई अनुमती दिने निर्णय गरेको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको ५ किलोमिटर क्षेत्रमा कालोपत्र सकिएको छ । कुश्मा बजार र पातीचौरमा ४ लेन बिस्तार भैरहेको छ । अन्य खण्डमा कालोपत्रका लागि संरचना तयार भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *