आइसोलेशन वार्ड बनाउन सकिंदैन : मेचीनगर

कोहलपुर, फागुन २९,

कोरोना भाइरस संक्रमणको जोखिम चौतर्फी बढिरहेका बेला भारतसँग सिमाना जोडिएको पूर्वी नाकाको नगरपालिका मेचीनगर नगरपालिकाले आइसोलेशन वार्ड बनाउन नसकिने बताएको छ ।

कोरोना भाइरस रोकथामका लागि मेचीनगरका सचेत नागरिकहरूको समुह कोभिड १९ सचेतनाका लागि साझा अभियानका तर्फबाट नगरपालिकाले गर्नुपर्ने पूर्व तयारीका बारेमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मेचीनगर प्रमुख बिमल आचार्यले कोरोना संक्रमितका लागि उपचार गर्ने आइसोलेशन वार्ड तयार गर्न नगरपालिकाको साधन र स्रोतले नभ्याउने बताए । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताल र बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइसोलेशन वार्ड बनाउने निर्णय गरेकाले मेचीनगरमा कोरोना भाइरसको संक्रमित भेटिए तिनै अस्पतालहरूमा पठाउने व्यवस्था गरिने छ ।

साझा अभियानका तर्फबाट नगरपालिकाले पूर्व तयारीका लागि तत्काल गर्नुपर्ने कामको सूची तयार गरेको १४ बुंदे ध्यानाकर्षण पत्र धुलाबारी माविका सहायक प्रधानअध्यापक तेजप्रसाद चौलागाईले प्रस्तुत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *