रामेछापमा दुईवटा अस्पतालमा आइसोलेसन वार्ड तयार

कोहलपुर, फागुन २९,

विश्वभर फैलिरहेको कोरोना भाइरस बिरुद्ध रामेछापमा पनि सतर्कता बढाइएको छ ।

जिल्लामा कोरोना भाइरसको सतर्कता बढाउँदै शंकास्पद बिरामी परिक्षणका तथा उपचारका लागि सदरमुकाम मन्थलीका दुईवटा अस्पतालमा आइसोलेसन वार्ड तयार गरिएको छ । मन्थलीमा संचालित तामाकाशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा कोरोना भाइरसका संकास्पद बिरामीको परिक्षण तथा छुट्टै उपचारका लागि आइसोलेसन वार्ड बनाइएको हो ।

गत फागुन २३ गते जिल्ला स्तरीय नोवेल कोरोना भाइरसको रोकथाम तथा नियान्त्रण सम्बन्धी बैठक बसी मन्थली प्राथमिक स्वाथ्य केन्द्र, तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड बनाई आवश्यक एम्बुलेन्स समेत राख्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *