सिन्धुपाल्चोकमा ८० प्रतिशत विद्यालयहरु पुननिर्माण सम्पन्न

कोहलपुर, फागुन २९,

सिन्धुपाल्चोकमा माध्यमिक शिक्षा परिक्षा एसईईको सबै तयारी पुरा भएको छ ।

चैत ६ गते देखि सुरु हुने यस वर्षको एसइइ परीक्षामा सिन्धुपाल्चोकबाट ४ हजार १ सय ४ जना परीक्षार्थीहरु सहभागी हुदैछन् । परीक्षार्थी मध्ये १ हजार ८ सय ३४ छात्र र २ हजार २ सय ६७ छात्र छन् । भुकम्पपछि अस्थाई सिकाइ केन्द्रमा नै एसईई परीक्षा सञ्चालन हुने गरेको भएपनि सबै विद्यालयहरु पुननिर्माण सम्पन्न भएपछि यो वर्ष भने परीक्षार्थीहरु सुविधा सम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउँने भएका छन् ।

भुकम्पमा क्षतीग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालयहरु पुननिर्माण सम्पन्न भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईले एसईई परीक्षाको लागि २३ परीक्षाकेन्द्र निर्धारण गरेको छ । सामुदायिक १ सय ३६ र संस्थागत १३ विद्यालयहरु रहेका छन् । एसईई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तीका समेत लगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *