वडालाई उज्यालो वडा घोषणा गर्ने अभियानमा हलेसी तुवाचुङ नगरपालिका

कोहलपुर, फागुन २९,

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्र रहेका हरेक वडालाई उज्यालो वडा घोषणा गर्ने गरि विद्युत विस्तारको काम अघि बढाएको छ ।

चालु आर्थिक वर्ष भित्रै बाँकी ९ ओटै वडालाई उज्यालो वडा घोषणा गर्ने लक्ष्य लिएको हो । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ४ बडहरेहलाई नगरभित्रको उज्यालो घोषणा हुने दोश्रो वडामा राखेको छ । यही फागुनमा मेयर इवन राई र उपमेयर बिमला राईले एकसाथ बिजुली बत्तीको स्वीच थिचेर उज्यालो वडा घोषणा गरेको हो ।

वडा नं ४ बडरेमा बिद्युत विस्तार भएपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन,टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, भएसँगै स्थानीयमा खुशि छाएको छ । अधिकांस वडामा विद्युत पुगिसेको भएपनि विद्युतीय सामग्री अभावका कारण उज्यालो वडा घोषणा गर्न नसकिएको तर हालसम्म तिन ओटा वडामा मात्र विद्युत पु¥याउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *