कोहलपुर–नेपालगञ्ज सडकखण्ड बन्द

कोहलपुर, फागुन २९,

कोहलपुर–नेपालगञ्ज सडकखण्ड अहिले पनि बन्द रहेको छ ।

बुधबार भएको घटनाका दोषिलाई कारबाही र टिप्पर मालिकलाई बोलाउने सहमति कार्यान्वयन नभएको भन्दै पीडित पक्षले विहानै देखि आन्दोलन गर्दै सवारी समेत चल्न दिएका छैनन् । पिपरी चोक बजारका पसल बन्द गराइएका छन् ।

सडकमा फाट्टफुट् रुपमा केही सवारी चलेका छन् । सवारी साधन बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । उनीहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । बुधबार ट्रिपरको ठक्करबाट रामपती थारुको पिपिरीमा ज्यान गएको थियो । बुधबार प्रहरी र पीडित पक्ष बीच टिप्पर मालिकलाई कोहलपुर बोलाएर क्षेतिपूृर्ती दिलाउने सहमति कार्यान्वयन हुन नसकेपछि मृतकका आफन्तले आन्दोलन गरेका हुन् ।

चोकचोकमा टायर बाल्दै आन्दोलन गरिहेका छन् । दुवै पक्ष बिच सहमतीकोप्रयास भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख कुलदीप चन्दले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *