मिस नेपाल २०२० को अडिसन शुक्रबार कलपतरुमा

कोहलपुर, फागुन २९,

बाँकेको नेपालगञ्जमा मिस नेपाल २०२० को अडिसन हुने पक्का भएको छ ।

फागुन ३० गते शुक्रबार नेपालगञ्जको कलपतरु होटलमा अडिसन हुने तयारी भएको पत्रकार सम्मेलनमा मार्फत जानकारी गराईएको छ । द हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’ को पहिलो अडिसन नेपालगञ्जबाट गर्न लागेको जनाएको छ ।

मिस नेपालको अडिसन देशका ८ वटा शहरमा गरिने भएको छ । नपालगञ्जको अडिसन सकिएपछि धनगढी, बुटवल, चितवन, विरगञ्ज, धरान र विर्तामोडमा गरिने नेपालगन्ज अडिसनकालागि नेपालगन्ज आएकी मिस सुप्रा नेशनल २०१९ रोज लामाले बताईन् । मिस नेपालको नेपालगञ्ज अडिसनका लागि हिडन ट्रेजर र नेपालगञ्ज जेसिजले सहकार्य गरेको वर्ष २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *