दंगीशरणमा पहिलो दिनको परिक्षा शान्तीपूर्ण

दिप्तीशिखा चौधरी, दंगीशरण,
कोहलपुर, फागुन २९,

दंगीशरण गाउँपालिकाका विधालयहरुमा शुरु भएको कक्षा ८ को वार्षिक परिक्षा बुधबार पहिलो दिन शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ ।

बुधबार पहिलो दिन गाउँपालिका भित्रका परिक्षा केन्द्र तोकिएका विधालयहरुमा परिक्षा शान्तीपूर्ण तरीकाले सम्पन्न भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, शिक्षा शाखा प्रमुख विनोद अधिकारीको अनुगमनमा गएको टोलीले परिक्षा शान्तीपूर्ण तरिकाले भएको पाएको हो ।

पहिलो दिन भएको अंग्रेजी विषयको परिक्षामा २ सय ५१ जना सामुदायीक बिधालयका र १ सय ३१ निजी विधालयका बिधार्थीहरु गरि जम्मा ३ सय ८२ जना बिधार्थीले परिक्षा दिएका छन् । परीक्षाका लागि गाउँपालिका भित्रका १३ वटा विधालयमा परिक्षा केन्द्र तोकिएको शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिएका छन् । विधार्थीहरुले बिहीबार नेपाली विषयको परिक्षा भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *