गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि बाँकेमा सहयोग रकम संकलन

कोहलपुर, फागुन १८,

चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि बाँकेमा सहयोग रकम संकलन भैरहेको छ ।

क्रिकेट रंगशाला निर्माणको लागि अभियान कै रुपमा बाँकेमा सहयोग रकम संकलन भैरहेको हो । फागुन १६ गतेदेखी नेपालगञ्जबाट अभियानको सुभारम्भ गरिएको थियो । नाइस नेपालगञ्ज संस्थाको अनुवाईमा धुर्मुस सुन्तली फाउन्डेशनद्धारा निर्माण भैरहेको रंगशाला निर्माणमा सहयोग रकम दिने उद्देश्यका साथ रकम संकलन गरिदैं छ ।

अशोक रावलको संयोजकत्वमा रकम संकलन भैरहेको छ । यस्तो पवित्र काममा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिन संस्थाले सबैलाई आग्रह गरेको छ । संस्थाका साथै यस क्षेत्रका युवाहरुको सक्रिय सहभागिता रहेको छ । अहिलेसम्म ८२ हजार ८१५ जम्मा भएको अभियानका संयोजक रावलले जानकारी दिएका छन् ।

रकम संकलनको पहिलो दिन ७ हजार २ सय १५ रुपैया संकलन भएको थियो । जसमा नेपालगंज मेडल एकेडमी स्कूल र कलेजे आफ मैनेजमेंटले सहयोग रकम प्रदान गरेको थियो । नेपालगञ्जको धम्बोझी चोकमा बसेर युवाहरुले सहयोग रकम संकलन गरेका थिए । भने जिल्लाका प्रमुख स्थानमा रहम संकलन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *