इरानमा नयाँ कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु

कोहलपुर, फागुन २८,

इरानमा नयाँ कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको संक्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन् ।

पछिल्लो मृत्युसँगै इरानमा कोरोना संक्रमित भई मर्नेहरूको संख्या २ सय ९१ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित व्यक्तिहरुको संख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८ सय ८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिनुभयो । इरानमा अब संक्रमित व्यक्तिको कूल संख्या ८ हजार ४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *