पश्चिम तथा मध्य पहाडमा वर्षाको सम्भावना

कोहलपुर, फागुन २८,

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकी भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना छ ।

राति पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ । पश्चिमी तथा मध्य पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *