पूर्वमन्त्री बास्कोटाको घरमा शक्तिशाली बम विस्फोट

कोहलपुर, फागुन २८,

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ ।

निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली विष्फोट भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन । घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको खबर आएको प्रहरीले जनाएको छ ।

कसले बम विस्फोट गरायो र थप के के क्षति भयो भन्ने बारे केहिबेरमा थाहा हुने प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *