पर्वतको भोर्लेमा ६२ घरमा ‘एक घर एक धारा’

कोहलपुर, फागुन २८,

पर्वतको पैयुँ गाउँपालिका ७ का ६२ घरमा खानेपानीको सुविधा विस्तार भएको छ ।

खानेपानीको समस्या भोग्दै आएका भोर्ले गाउँका २४ घर र काभ्रेमा ३८ घरमा खानेपानीको सुविधा बिस्तार भएको हो । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई प्रवासी नेपालीहरुको पहलमा खानेपानीको सुविधा बिस्तार भएको हो ।

मुल बाट गाउँसम्म ४६ सय मिटर लामो पाईप विस्तार गरि खानेपानीको सुविधा विस्तार भएको हो । खानेपानीको सुविधा नहुँदा भोर्लेमा वसाईसराई बढ्दै गैरहेको छ । सरसफाईका अभियानमा पनि खानेपानी नै बाधक थियो । वर्खामा कुवा र खोलाको पानी प्रयोग गर्ने स्थानीय वर्षका ६ महिना गाग्रीमा ओसारेर गर्जो टार्दै आएका थिए । यद्यपी अझै पनि बसेलडाँडा, क्षेत्रीडाँडा, डाँडाकाउँ, सल्ले, कार्किथुम्कामा अहिले पनि खानेपानीको समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *