विद्यालयको आफ्नै पहलमा स्वास्थ्य परीक्षण

कोहलपुर, फागुन २८,

चौतारास्थित जुगल बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी त्रासबाट विद्यार्थीलाई मुक्त गराउन यस्तो परीक्षण गरिएकोे विद्यालयले जनाएको छ । विद्यालयका अनुसार स्वास्थ्य परीक्षण अन्तर्गत स्कुलमा रहेका सबै विद्यार्थी, शिक्षक र कर्मचारीको शरीरको तापक्रम परीक्षण गरिएको हो ।

तापमान परीक्षणका साथै विद्यार्थीहरूलाई साबुन पानीले हात धुने सुरक्षित तरिका पनि सिकाइएको विद्यालयले जनाएको छ । विश्वमा धेरै मानिसहरू संक्रमित भईरहेको अवस्थामा आफूहरूमा पनि त्रास रहेकोमा स्कुलले स्वास्थ्य परीक्षण गरेकोमा आफूहरू धेरै खुशी भएको विद्यार्थीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *