कोहलपुरमा ट्रिपरले किचेर एकको मृत्यु, सडक अवरुद्ध

कोहलपुर, फागुन २८,

कोहलपुर नगरपालिका वडा नम्बर ८ मा पिपिरी चोकमा ट्रिपरले किचेर एक जना महिलाको ज्यान गएको छ ।

झण्डहवाबाट कोहलपुर बजार तर्फ आउँदैं गरेको रा १ ख २१८८ नम्बरको ट्रिपरले किचेर कोहलपुर नगरपालिका वडा नम्बर वडा नं. ९ झण्डहवा निवासी ४५ वर्षिय रामपती थारुको ज्यान गएको हो । थारु साइकलमा सवार थिईन् ।

ठक्करबाट घाईते भएकी थारुलाई उपचारको लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो । तर डाक्टरले उनलाई मृत घोषणा गरेको हो । मृतक थारुको शव अहिले नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा राखिएको डा. देवेन्द्र आचार्यले जानकारी दिएका छन् । ट्रिपर र चालक दुवैलाई ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा राखिएको प्रहरी प्रमुख कुलदीप चन्दले बताएका छन् ।

मृतकका आफन्तले घटनाको विरोध गर्दै सडक जाम गरेका छन् । उनीहरुले सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् । तर बन्दकर्ताले कुनै पनि अप्रिय कार्य नगरेको डिएसपी चन्दको भनाई छ । कोहलपुर–नेपालगञ्ज सडक खण्डमा अहिले सवारी साधन चल्न सकेका छैनन् । बन्दका कारण आवत जावतमा समस्या भएको छ । यात्रुहरु अलपत्र परेका छन् । मृतक थारु तरकारी व्यवसायी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *