क्रियाशील पत्रकार र कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च बिच मैत्रीपुर्ण फुटबल

कोहलपुर, फागुन २८,

होलि पर्वको अवसर पारी कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्चले यहि फाल्गुन २७ गते शुभकामना आदानप्रदान तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सप्पन्न गरेको छ ।

कोहलपुरका क्रियाशील पत्रकार र कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च बिच भएको उक्त खेलमा पत्रकारको टिमलाइ कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्चले १ का विरुद्ध ३ गोल अन्तरले बिजयी भएको मञ्चका सचिव लक्ष्मण मानवले जानकारी दिए । होलिलाई आत्मियता बढाउने र खेलक्षेत्रमा थप हौसला बढाउनका लागि खेल राखिएको मन्चका अध्यक्ष टोपराज जैसिले बताए ।

केही समय अघि समाजमा विभिन्न सामाजिक काम गर्ने र कर्णालीका विद्यार्थीलाई सहयोग गर्ने तथा कर्णालीका विभिन्न धार्मिक संस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको प्रचार प्रसार गर्ने उद्देश्यले गठन गरिएको थियो । मञ्चले यस अघि पनि यस्तै रचनात्मक काम गर्दै आएको र निरन्तर गरिरहने बरिष्ठ उपाध्यक्ष राजेश ओलिले जानकारी दिए । कोहलपुर नगरपालिका वडा नं १ का अध्यक्ष गोपि खनालको प्रमुख आतिथ्यता तथा मञ्चका अध्यक्ष टोपराज जैसिको अध्यक्षतामा खेल सम्पन्न भएको हो ।

कार्यक्रममा (नेकपा) प्रदेश नं ५ कमिटि सदस्य प्रेम भुसाल, राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय सदस्य गणेश शाही, अनेरास्ववियू केन्द्रीय सदस्य राजेन्द्र बिष्ट, भिमराज खरेल, अनेरास्ववियू जिल्ला संयोजक सुरेन्द्र जंग शाह, सह संयोजक टेकेन्द्र मल्ल, राष्ट्रिय युवा संघ नेपालका बाके जिल्ला सह संयोजक आकास कार्की, नेपाली काङ्ग्रेस कोहलपुर नगर कमिटि सह सचिव सुशील सापकोटा, लगाएतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *