बाँकेमा मंगलबार होली मनाईदैं, उत्सवको रुपमा नमनाउन कोहलपुर प्रहरीको आग्रह

कोहलपुर, फागुन २७,

मंगलबार तराईका जिल्लाहरुसँगै बाँकेमा पनि होली मनाईदैं छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष होलीको रौनक छैन ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि जोखिम कम गर्न भन्दै बाँकेमा यसपटकको होलीलाई उत्सवका रूपमा नमनाउन भनेको छ । ईलाका प्रहरी कोहलपुरले ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले होलीका दिनमा समेत यसपटक सामूहिक रूपमा भेला हुने, भीडभाड गर्ने, लोला पानी हान्ने, रङ दल्ने लगायत गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गर्दै होली विशेष सुरक्षा योजना अन्तर्गत धेरै भीडभाड हुने सम्भावित स्थानमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए ।

होलीमा कुनैपनि खालका आपराधिक गतिविधी हुन नदिनका लागि जिल्ला भरमा तीन सय प्रहरी सुरक्षाका लागि खटाइनेछ । बालबालिकाले घरको छतबाट पानी छ्याप्ने क्रम बढदै गएपछि नियन्त्रणका लागि प्रहरीले अभिभावकलाई सचेत गराएको छ । बालबालिकाले इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिभावकलाई समेत कारबाही गरिने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *