विमानस्थल कालोपत्रे बनाउने काम अन्तिम चरणमा

कोहलपुर, फागुन २६,

बझाङको जयपृथ्वी नगरपालिका ९ रिठापाठा देवलमा रहेको बझाङ विमानस्थल कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको कालोपत्रे गर्ने काम चैतको अन्तिम साता भित्र सकेर बैशाखमा परिक्षण उडान गरिने भएको छ । अहिले विमानस्थलको धावनमार्ग ग्रावेल गर्ने काम सकिएको छ भने, नालीको निमार्णको काम पनि सकिएको छ ।

२०७५ असारबाट सम्झौता भई कालोपत्रे र्निमाणको काम भइरहेको विमान स्थलको निर्माणको काम अमर कन्सट्रक्सनले जिम्मा लिएको छ । ६ सय ३० मिटर लम्बाइ रहेको विमानस्थलको, २० मिटर चौडाइ रहेको छ । २०३५ सालमा सञ्चालनमा आएको बझाङ विमानस्थल २०६५ सालबाट बन्द भएको हो । विमानस्थल बन्द हुँदा विरामी, सुत्केरी महिलाले लामो दुरिको यात्रा गर्दा बीच बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *